मिरिकको ग्रीन लर्न स्कुलमा राष्ट्र शिक्षा नीतिबारे सेमिनार

मिरिक : भारतीय शिक्षण मण्डल अनि नीति आयोगको संयुक्त पहलमा अनि ग्रीन लर्न अङ्ग्रेजी स्कुलको सहयोगमा आज एक दिवसीय सेमिनारको आयोजना गरियो। ग्रीन लर्न अङ्ग्रेजी स्कुलको प्रेक्षा गृहमा राष्ट्र शिक्षा नीति (एनइपी) विषयमाथि उक्त सेमिनार राखिएको हो। सेमिनारमा भारतीय शिक्षा मण्डल उत्तर बंगाल प्रान्तका निर्देशक भीम कोइराला, रवीन्द्रनाथ उच्च माध्यमिक विद्यालयका शिक्षक प्रभारी ग्याल्बो लामा, उत्तर बंगाल प्रभारी प्रियजीत भट्टचार्य, भारतीय शिक्षण मण्डल उत्तर बंगाल प्रान्तका अध्यक्ष विजय कुमार शाह, ग्रीन लर्न अङ्ग्रेजी स्कुलका प्राचार्य इन्द्र शेखर प्रधान आदि प्रमुख रूपमा उपस्थित थिए। समारोहमा अतिथिहरूले विषय वस्तुमाथि प्रकाश पार्दै वर्तमान भारतको शिक्षा नीतिमाथि आ-आफ्नो मन्तव्य राखे। उक्त सेमिनारमा मिरिक सौरेनी तराईको पानीघट्टा क्षेत्रबाट विभिन्न प्रतिनिधित्व लगायत विद्यालयका प्राचार्यहरूले पनि सेमिनारमा भाग लिएका थिए। उक्त सेमिनारमा लुइस अङ्ग्रेजी स्कुल, ओरेञ्ज लेक स्कुल, मिरिक एकाडमी, ग्लेनमोर इन्टरनेशनल स्कुल, स्नोड्रप स्कुल टेम्पल अफ वीजडम, पानीघट्टा उच्च माध्यमिक विद्यालय, दिल्ली पब्लिक स्कुल आदिका प्रमुख शिक्षक-शिक्षिकाहरूले भाग लिएका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *