मिरिकको मञ्जुमा स्वर्गीय सुबास घिसिङको नवौँ पुण्यतिथि पालन

मिरिक : गोरामुमो केन्द्रीय समितिद्वारा आज मिरिकको मञ्जुमा स्वर्गीय सुबास घिसिङको नवौँ पुण्यतिथि पालन गरियो। आज मञ्जु पार्क मिरिकमा श्रद्धाञ्जलि सभा साथै सुबास घिसिङ अनि तिनको धर्मपत्नी धन कुमारी सुब्बा (घिसिङ)-को समाधि निर्माण हेतु भूमि पुजन कार्यक्रम सम्पन्न भयो।


यस अवसरमा गोरामुमो अध्यक्ष मन घिसिङ, विधायक निरज जिम्बा, गोरामुमो-का शीर्ष नेतृत्वहरू, कार्यकर्ताहरू लगायत सर्वधर्मका सबै गुरुहरुद्वारा विधिपूर्वक पुजा आर्चना गरे। यसको साथै स्वर्गीय सुबास घिसिङ अनि तिनको धर्मपत्नी धन कुमारी सुब्बा (घिसिङ)-को प्रतिकृति खदा, पुष्प चढाउँदै श्रद्धाञ्जलि अर्पण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *