मिरिकको मरमा चियाकमानमा बंगध्वनि यात्राको आयोजना

मिरिक : मिरिकमा बंगध्वनि यात्राको माध्यमद्वारा राज्य सरकारद्वारा प्रदान गरिएको विभिन्न परियोजनाबारे जानकारी गराउने उद्देश्य लिएर आज हिल टीएमसी अध्यक्ष एलबी राईको दिशानिर्देशमा मिरिक महकुमाको मरमा चियाकमानका मानिसहरूलाई जागरुक गराइयो। उक्त यात्राको माध्यमद्वारा राज्य सरकारले जारी गरेको विभिन्न योजनाहरू साधारण मानिसहरूको निम्ति अत्यन्त उपयोगी रहेको बताउँदै सबैले यसको लाभ उठाउने आग्रह पनि गरियो। कार्यक्रमलाई जनतामुखी बनाउने दिशामा सरकारको योजनाबारे युवा एकाईको मिरिक महकुमा समिति अध्यक्ष सोभन घिसिङ, टाउन कमिटी अध्यक्ष कुमार प्रधान, तृणमूल मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, मिडिया इन्चार्ज श्याम प्रधान आदिले मानिसहरूलाई प्रकाश पार्दै विस्तृत जानकारी गराए।


मिरिक महकुमाको विभिन्न गाउँहरूमा गएर हिल तृणमूल कांग्रेसका नेतृत्वहरूले राज्य सरकारको विभिन्न जनमुखि परियोजनाहरूमाथि सचेत गराउने अभियान चलाइरहेको छ। यसभन्दा अघि मिरिक ओकाइटी चियाकमान, थर्बुको निगाले र नन्दलाल गाउँमा जनता जागरुक कार्यक्रम सम्पन्न गरिसकेको छ। उक्त अभियान लगातार जारी रहने हिल तृणमूल कांग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *