मिरिकको प्रगति समाज-द्वारा सफाई अभियान

मिरिक : मिरिकको प्रगति समाज वार्ड नम्बर 8 प्रधान नगर महेन्द्र गाउँले आज होम डाँडा, शिवालय मन्दिर परिसरमा साफ सफाई अभियान चलायो। समाजका सदस्यहरूले आज शिवालय मन्दिर, होम डाँडा परिसर लगायत संलग्न ठाउँमा थुप्रिएको फोहोर मैला अनि प्लास्टिकजन्य वस्तुहरूलाई सङ्कलित गरेर व्यवस्थापन गरेको समाजका दीपेस राईले बताए। विभिन्न प्लास्टिकका बोतलहरू, प्लास्टिकका क्यारी ब्यागहरू जताततै फ्याँक्ने गरेकोले यसरी फोहोर-मैलाहरू नफ्याँकिदिने तिनले सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *