मिरिकको सडकमा फोहोर-मैला फ्याँक्नेहरूलाई कठोर सजाय दिनु पर्ने माग

मिरिक: मिरिकदेखि सिलगढी जाने आले खेल मैदान मुन्तिर मूल सडकमा फोहोर-मैला फ्याँक्ने गरेकोले मिरिक आगमन हुने मानिसहरू लगायत पर्यटकहरु दुर्गन्धको शिकार भइरहेका छन्। यसको साथै मिरिकको सुन्दरता तथा गरिमामा पनि यसले नराम्रो प्रभाव परिरहेको साथै पर्यावरणललाई पनि नकारात्मक असर परिरहेको छ। मूल सडकमा यसरी मैला फ्याँक्ने कार्य ठुलो तथा साना गाडीबाट दैनिक रुपमा हुने गरेको साथै मिरिक हुँदै सिलगढी जाने केही ठुलो गाडीहरुले समेत फ्याँक्ने गरेको जान्नमा आएको छ। धेरै पहिला यहाँ मैला फ्याँक्ने क्रम रोकिए तापनि लकडाउन खोलिए पछि यता आलेको यस गोलाई पाखामा दैनिक रूपमा नै फोहोर मैला फ्याँकिने क्रम बढेको देखिएको छ। स्थानीय सचेत नागरिक पुरन राईले आलेको यस गोलाईमा मैला फ्याँक्नेहरुमाथि पुलिस प्रशासनले कठोर निगरनी राखेर कानुनी कार्वाही गर्ने माग गरेका छन् । विश्व प्रसिद्ध मिरिक पर्यटन केन्द्र घुम्न आउने पर्यटकहरुले यस्ता फोहोर मैला देख्दा के हाम्रो मानसिकता कस्तो छ भन्ने कुरा सजिलै थाहा पाउन तिनले बताए। फोहोर मैला पनि नगरिदिने आग्रह गर्दै तिनले मिरिकलाई बदनाम गर्न चाहनेहरुमाथि कडा निगरानी राखेर तिनीहरूलाई कडा सजाय दिने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *