मिरिकको सेफ होमलाई चिकित्सा सामग्रीहरू वितरण

मिरिक: सेवा र सहायताको लक्ष्य लिएर वर्तमान कोरोना भाइरसले निम्त्याएको परिस्थितिमा निरन्तर सहयोग र सेवा पुऱ्याउँदै आइरहेको बुद्ध ज्योति अन्तर्राष्ट्रिय सङ्गठन दार्जीलिङले आज मिरिकको सेफ होममा चाहिने अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, ग्लुकोमिटर अनि पीपीई किट्स प्रदान गरे । सङ्गठनका सचिव निमी ग्याम्छो शेर्पाको एउटा टोलीले मिरिक खण्ड स्वस्थ्य अधिकारी डा. टाँशी छिरिङ लामालाई भेटेर यी औषधीय सामाग्री तथा उपकरणहरू प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *