मिरिकको सोह्रसालेमा विनय खेमाको सभा साथै बुथ कमिटी गठन

मिरिक : गोर्खा जनमुक्ति मोर्चा विनय खेमा मिरिक शहर समितिको पहलमा वार्ड नम्बर 9 सोह्रसाले गाउँमा एउटा सभा सम्पन्न भयो। सहर समिति अध्यक्ष एसएम घिसिङको निजी वासस्थानमा सीएम घिसिङको सभापतित्वमा सम्पन्न सभामा बुथ कमिटी गठन गरियो। जसमा संयोजक मन बहादुर तामाङ, सभापति प्रवीण बम्जन, सचिव कुसाङ भुटिया, उपाध्यक्ष अदीप गोले र मणि कुमार बम्जन, सह-सचिव अभिषेक कार्की र दिनछेन तामाङ, मुख्य सल्लाहकार  फुर्बा लोप्चन, नवीन तामाङपुनम छेत्री लगायत 75 जनाको कार्यकारी सदस्य चयन गरियो। उक्त सभामा सांगठनिक सचिव सन्जोग राई, शहर चुनाउ समिति सह सचिव कृष्णमनी खाती, कोषाध्यक्ष रितेश थापा, शहर समिति उपाध्यक्ष आलोक गुरुङ, मिरिक सब डिभिजन ट्रेड युनियनका उपाध्यक्ष योगेन्द्र मणि प्रधान, मिरिक टाउन कमिटी युवा अध्यक्ष कुशल छेत्री, कोषाध्यक्ष नोरदेन तामाङ आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *