मिरिकको टिङलिङमा आगो लागेर एउटा घर ध्वस्त

मिरिक : मिरिकको टिङलिङ चियाबारीमा खाना पकाउने ग्यास सिलेन्डर विस्फोट भएर एउटा घर जलेर खरानी बनेको छ। प्राप्त जानकारीअनुसार टिङलिङको एस्माली गाउँ निवासी ज्ञानेन्द्र थापाको घरमा खाना पकाउने ग्यास विस्फोट हुँदा आगो लागेपछि सम्पूर्ण घर नै जलेर खरानी भएको छ। उक्त आगलागीमा कसैको ज्यानलाई कुनै क्षति नपुगे तापनि घरसहित सम्पूर्ण सर-समानहरू जलेर नष्ट भएको बताइएको छ। घटनाको खबर पाएर अग्निशमन विभागको दमकल घटनास्थलमा आइपुगे तापनि उक्त समयसम्म आगोले विकराल रूप धारण गरेर सम्पूर्ण समानसहित घर जलिसकेको थियो। तथापि, दमकलको सहयोगमा आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *