मिरिकको वार्ड नम्बर 3 थाना लाइनमा बिमल खेमा गोजनामो शाखा गठन

मिरिक : गोजमुमो बिमल खेमा गोर्खा जनमुक्ति नारी मोर्चा मिरिकको वार्ड नम्बर 3 थाना लाइन शाखा गठन गरियो। सोमा मङ्ग्रातीको अध्यक्षता तथा नारी मोर्चा मिरिक महकुमा समिति सदस्यहरू श्रीमती माला सुब्बा, डोमा तामाङ, चन्द्रिका गुरुङ र बुद्धिमाया राईको विशेष उपस्थितिमा सम्पन्न सभाले सोमा मङ्ग्रातीलाई अध्यक्ष चयन गर्यो। यसैगरी, उपाध्यक्ष बिनिता सार्की, सचिव प्रेमिका सुब्बा, सहसचिव अनिता गुरुङ र सङ्गीता राई, कोषाध्यक्ष रीता विश्वलाई चयन गरियो। यसबाहेक शर्मिला घिमिरे, उषा स्याङ्देन, कला राई, रिना राई, सरिता तामाङ, उवेसी स्याङदेन, विशु रोका, प्रियाङ्का थापा, हिमा विश्व र अनिता गुरङलाई मुख्य सल्लाहकारको रूपमा चयन गरियो। मिरिक महकुमामा नारी मोर्चालाई सक्रिय बनाउने तथा बिमल गुरूङको स्वागतको निम्ति नारी मोर्चालाई सुगठित गरिने डोमा तामाङले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *