मिरिक कृष्णनगर क्षेत्रमा सेनिटाइज

मिरिक: मिरिक नगरपालिका अध्यक्ष एलबी राई अनि कृष्णनगर वार्ड पाँचका कमिश्नर बनिता राईको विशेष उपस्थितिमा आज मिरिक कृष्णनगर क्षेत्रमा सेनिटाइज गरियो। शहरलाई कोरोना संक्रमणमुक्त बनाउने उद्देश्य राखेर नगरपालिकाले विशेष अभियान चलाइएको वार्ड कमिश्नर बनिता राईले बताइन्। तिनले मिरिकमा आउने सबै आगन्तुक अतिथि अनि पर्यटकहरुलाई सरकारद्वारा जारी नियमलाई अनिवार्य रुपमा पालन गरेर मास्क, सेनिटाइजरको प्रयोग सहित शारीरिक दुरत्वलाई कायम राखीदिने आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *