मिरिक कृष्णनगरमा सहिद दिवसको तयारी

मिरिक : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक महकुमा समितिले भोली 27 जुलाईको दिन मिरिक कृष्णनगरमा अवस्थित सहिद वेदी परिसरमा सहिद दिवस पालन गर्ने भएकोले यसको तयारी भइरहेको छ। मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईको नेतृत्वमा आज भागोप्रमो अनि तृणमूल कङ्ग्रेस-का कार्यकर्ताहरूले सहिद वेदीमा साफ- सफाई गरे। सहिद दिवस कार्यक्रममा सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्नको साथै सहिद परिवारका सदस्यहरूलाई सम्मान जनाइने कार्यक्रम पनि रहेको बताइएको छ। उक्त कार्यक्रमलाई सफलता पूर्वक पालन गर्न बनाउन भागोप्रमोले एउटा आयोजक समिति पनि गठन गरेको छ। स्मरण रहोस, मिरिक कृष्णनगरमा रहेको सहिद वेदीमा सहिदहरू क्रमैले अजीत भारती, हेमचन्द्र प्रधान, राम प्रधान, रवि गजमेर, दिलीप छेत्री, रूद्रप्रसाद देवान, गोविन्द घिसिङ, प्रमिला शर्मा, अकबर लामा, निता खवास, विमला राईको नाम अङ्कित गरिएको छ। भोली 27 जुलाईको दिन कृष्णनगरमा पालन गरिने सहिद दिवस कार्यक्रममा गोर्खाल्याण्ड आन्दोलनमा सहिद भएका सबै सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गरिने छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.