मिरिकलाई नशालु पदार्थ मुक्त बनाउन महत्वपूर्ण सभा सम्पन्न

मिरिक : मिरिकलाई नशालु पदार्थ मुक्त बनाउने उद्देश्य राखेर आज कृष्णनगर क्लबमा एउटा महत्त्वपूर्ण सभाको आयोजना गरियो। उक्त सभामा कृष्णनगर समाज, मिरिक इनिसिएटिभ, थाना लाइन समाज, न्यु कृष्णनगर समाज, कृष्णमन्दिर गाउँ समाज, कृष्णनगर क्लबको पहलमा संयुक्त सभा सम्पन्न भयो। सभामा किशोर किशोरीहरूभन्दा पहिला अभिभावकहरूलाई सचेत एवम् जागरूक गराइने, नशालु पदार्थको विरोधमा तथा यसलाई जरैबाट उन्मुलन गर्न प्रशासनलाई ज्ञापन दिइने, समय-समयमा जागरुकता कार्यक्रम लगायत शान्ति र्‍यालीको आयोजना गरिने निर्णय लिइएको छ। सभाले एउटा तदर्थ कमिटी पनि गठन गरेको छ जहाँ कृष्णनगर वार्ड पाँचका कमिश्नर बनिता राई लगायत अर्बिन्द सुब्बा, सुरज तामाङ, अनुराग राई, रिता जोहन अनि अन्य सदस्यहरूलाई तदर्थ कमिटीमा राखिएको छ भने शीघ्र नै एउटा महत्त्वपूर्ण सभा बसेर पुर्णाङ्क कमिटी तयार गरी कार्य गति अघि बढाइने निर्णय लिइएको कमिटीको पक्षमा जीवन छेत्रीले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *