मिरिक लेक साइडमा आजदेखि खाद्य महोत्सव शुरू

मिरिक : मिरिक नगरपालिकाको आयोजनामा आजदेखि यहाँको लेक साइडमा य खाद्य महोत्सव शुरू भएको छ। मिरिक घुम्न आउने पर्यटकहरूले गोर्खा जातीय खानाको स्वाद चाख्न सकोस् अनि पहाडको संस्कृति परम्पराबारे जान्न सकोस् भन्ने उद्देश्य लिएर खाद्य महोत्सवको आयोजना गरिएको नगरपालिका अध्यक्ष एलबी राईले बताए। नगरपालिका क्षेत्रमाका नौवटा स्वनिर्भर समूहको विशेष सहभागिता रहेको उक्त महोत्सवमा सेलरोटी मुख्य आकर्षण रहेको छ भने अन्य जातीय खाद्यान्नले पर्यटकहरूको मन जित्न सफल बनेको देखियो।


दार्जिलिङ पहाडमा पर्यटन मौसम शुरू भएपछि यहाँ पर्यटकहरूको धेरै संख्यामा वृद्धि भइरहेको छ। खाद्य महोत्सवमा महिलाहरू जातीय पोशाकमा सजिएर  सहभागिता जनाएकोले थप आकर्षणको केन्द्र बिन्दु बनेको छ। उक्त महोत्सव आउँदो 3 नोभेम्बरसम्म सञ्चालित हुने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *