मिरिकमा 10 घर परिवार तृणमूलमा सामेल

मिरिक : मिरिकको वार्ड नम्बर तीन, थाना लाइन, कलेज भेल्ली ग्रामबाट आज लगभग 10 घर परिवारले तृणमूल कांग्रेसलाई समर्थन जनायो। नगरपालिकाको सम्मेलन कक्षामा सम्पन्न कार्यक्रममा तिनीहरूलाई हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। कार्यक्रममा टाउन अध्यक्ष कुमार प्रधान लगायत दलका नेतृत्वहरूको उपस्थितिमा अनिता तामाङ, दुर्गा तामाङ, मीरा तामाङ, पुण्यवती तामाङ, निर्मला राई सुब्बा, बबिता थापा, लता थापा, ज्योति लेप्चा, विजय तामाङ आदिले तृणमूल कांग्रेसलाई समर्थन गर्दै पार्टीमा सामेल भएका छन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *