मिरिकमा 20 वर्षीय युवकको हत्या, आरोपी पक्राउ

मिरिक : मिरिकको अप्पर सौरेनी बस्तीस्थित पानी गोलाईमा गत राति एकजना युवकको हत्या भएको घटना प्रकाशमा आएको छ। मृतक युवक 20 वर्षीय सेङगेल तामाङको रूपमा चिन्हित गरिएको छ। मिरिक पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त घटनाका प्रमुख आरोपी 19 वर्षीय रेशभ राईले पुलिसले पक्राउ गरेर आज खरसाङ चलान गरेको छ। गत राति लगभग 8.30 बजी यी दुई युवकमाझ भनाबैरी हुँदा रेशभ राईले रडले हिर्काएपछि सेङ्गेलको मृत्यु भएको प्राथमिक छानबीनमा थाहा लागेको बताइएको छ। थाहा लागेअनुसार मृतक सेङगेल तामाङ पुटुङ निवासी हुन् भने तिनी केही दिन अघि हैदराबादबाट आएर मामा निर्मल सुब्बाको घरमा बस्दै आइरहेका थिए। पुलिसले घटनाको थप अनुसन्धान गरिरहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *