मिरिकमा 7 परिवार टीएमसी-मा सामेल

मिरिक: मिरिकको गोपालधारा पाँचधुरेका सात परिवारले आफ्नो पार्टी त्यागेर हिल्स तृणमूल काङ्ग्रेसमा सामेल भएका छन्। आज तिनीहरूले हिल्स तृणमूल काङ्ग्रेसका चेयरम्यानएलबी राईलाई भेट गरेर पार्टीमा समर्थन जनाए। यस अवसरमा तिनीहरूले आगामी 26 जूनको दिन हुने जीटीए चुनाउमा समष्टिका तृणमूल उम्मेद्वार धुर्व बोम्जनको पक्षमा मतदान गर्ने वचन दिएका छन्।आफ्नो पार्टीमा स्वागत जनाउँदै हिल तृणमूल कङ्ग्रेसका चेयरम्यान एलबी राईले तिनीहरूलाई खदा लगाइ दिएर पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *