मिरिकमा 9 जनवरीदेखि सहमेन्दु गोल्ड कप शुरू हुने

मिरिक : मिरिकको आले खेल मैदानमा आगामी 9 जनवरीदेखि सहमेन्दु गोल्ड कप शुरू हुने भएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को सहयोगमा मिरिक स्पोर्ट्स एशोसिएसन (एमएसए)-ले सहमेन्दु गोल्ड कप आयोजना गरिरहेको छ। सहमेन्दु गोल्डकपमा मोठ 12 वटा दलले अंश ग्रहण गर्ने भएको छ। आगामी 9 जनवरी 2021-देखि सहमेन्दु गोल्ड कप शुरू हुने भएको छ भने यसको फाइनल खेल आगामी 24 जनवरीमा हुने एमएसएले आज जानकारी दिएको छ। सहमेन्दु गोल्डकपमा मिरिक, खरसाङ, दार्जिलिङ, कालेबुङ, सिलगढी-डाबग्राम, रङ्गबुल, मानेभञ्ज्याङ आदि ठाउँहरूबाट फुटबल दलहरूले अंश ग्रहण गर्ने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *