मिरिकमा अझ एकजना कोरोना संक्रमितको मृत्यु, मर्नेहरूको संख्या पुग्यो चार

मिरिक: मिरिक नगरपालिका क्षेत्र अन्तर्गत देउँसे डाँडा वार्ड नम्बर चार निवासी 67 बर्षीय हेमन्त देवानको कोरोना संक्रमित भएर मृत्यु भयो। तिनी दार्जिलिङको सदर अस्पतालमा उपचाराधिन अवस्थामा थिए। मृतकको अन्तिम दाह संस्कार कोरोना प्रोटोकललाई पालन गरेर मिरिक नगरपालिकाको सर-सफाई कर्मीहरूको सहयोगमा महिन्द्र गाउँको ड्याम नजिक श्मशानघाटमा गरियो। मिरिक नगरपालिका क्षेत्र अन्तर्गत कोभिड महामारीको दोस्रो लहरमा मर्नेहरूको संख्या हालसम्म चार पुगेको बताइएको छ। कोरोना संक्रमित भएर मर्नेहरूमा कृष्णानगर, मिरिक बजार, महिन्द्र गाउँ र देउँसी डाँडाका व्यक्ति सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *