मिरिकमा अन्तर्राष्ट्रिय नर्स दिवस पालन

मिरिक : मिरिक खण्ड स्वास्थ्य केन्द्रमा आज अन्तर्राष्ट्रिय नर्स दिवस पालन गरियो। यसको साथै सिस्टर फ्लोरेन्स नाइटिङ्गेल जन्मजयन्ती पनि पालन गरियो। कार्यक्रममा बीएमओएच डा. टाँसी लामाको विशेष उपस्थिति रहेको थियो। अर्कोतिर, वर्तमान कोरोना परिस्थितिलाई ध्यानमा राखेर कोभिड प्रोटोकललाई पालन गर्दै डुप्टिन प्राथमिक स्वास्थ्य केन्द्रमा पनि साधारण रूपमा अन्तर्राष्ट्रिय नर्स दिवस पालन गरियो। डुप्टिन प्राथमिक स्वास्थ्य केन्द्रकी प्रशासक परिचारिका स्मृति ब्लोनलाई स्वास्थ्यकर्मीहरूले खदा लगाइदिँदै उपहार प्रदान गरेर सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *