मिरिकमा अन्तर्राष्ट्रिय पर्यावरण दिवसको अवसरमा वृक्ष रोपण

मिरिक : मिरिक नगरपालिका अनि मिरिक महकुमा कार्यालयको संयुक्त पहलमा आज अन्तर्राष्ट्रिय पर्यावरण दिवस पालन गरियो। वर्तमान कोरोना भाइरसको सङ्क्रमणको व्यापक प्रभाव रहे तापनि पर्यावरणको शुद्धता र स्वच्छ वातारणको आवश्यकता आजको खाँचो रहेकोले पर्यावरणको संरक्षण गर्नु सबैको कर्तव्य रहेको सन्देश दिँदै वृक्ष रोपण गरियो। यस अवसरमा खण्ड विकास अधिकारी विप्लप कुमार रोय, नगरपालिका बढीआमा श्रीमती ममता सुब्बा अनि एनजीओ मिरिकेन्स संस्थापक एवम् अभिनेता अल्मिष्ट सुब्बाले विश्व पर्यवरण दिवसको महत्वमाथि प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *