मिरिकमा बङ्ग्ला सहायता केन्द्र शुरू

मिरिक : बङ्ग्ला सहायता केन्द्र मिरिकमा पनि शुरु भएकोबारे आज मिरिक महकुमा अधिकारीले जानकारी दिएका छन्। तिनले बताएअनुसार बङ्ग्ला सहायता केन्द्र महकुमा कार्यालय र खण्ड कार्यालयमा गत 28 अगस्तदेखि शुरू भइसकेको साथै स्वस्थ्य केन्द्र, सब सेन्टर अनि ग्रामीण पुस्तकालयमा पनि शुरू गरिने तिनले बताए। तिनले बङ्ग्ला सहायता केन्द्र राज्य सरकारको शिक्षित युवाहरूको निम्ति ठूलो योजना रहेको बताउँदै बङ्ग्ला सहायता केन्द्रबाट सबै प्रकारको नोकरीको लागि आवेदन गरिदिने बताए। यसमा कुनै पनि शुल्क नलाग्ने जानकारी दिँदै साइबर क्याफेमा युवाहरूले पैसा तिरेर आवेदन गरिरहेका छन्। तर बङ्ग्ला सहायता केन्द्रमा कुनै शुल्क नलाग्ने तिनले बताए। तिनले मिरिक महकुमाका युवाहरूलाई चालु केन्द्रमा गएर नोकरीको लागि निःशुल्क आवेदन गर्ने अपील गर्दै केन्द्रमा नोकरीको लागि के-कस्ता सूचनाहरू छन् त्यसबारे सूचित गरिने साथै मार्गदर्शन पनि गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *