मिरिकमा भक्ति भावको साथमा सरस्वती पुजा पालन

मिरिक : आज सरस्वती पुजा। विद्याको देवी सरस्वती माताको आज भक्तिभाव साथै सद्‌भावनाको साथमा मिरिकको विभिन्न ठाउँहरूमा पुजा-अर्चना गरियो। मिरिक महकुमाको विभिन्न क्षेत्रमा विशेष गरेर विद्यार्थीहरूले खुबै भक्ति एवम् श्रद्धाको साथमा आज सरस्वाती पुजा सम्पन्न गरेको देखियो। विद्याकी देवी माता सरस्वतीलाई विद्या-बुद्धि प्राप्तिको कामना गर्दै विशेष गरेर विद्यार्थीहरूले पुजा स्थलहरूमा आराधना गरिएको देखियो। यसको साथै मिरिकको धेरैजसो गाउँ-बस्ती क्षेत्रहरूमा पनि आज संघ-संस्था अनि विद्यार्थीहरूले सरस्वती पुजा पालन गरिरहेको छ। माता सरस्वती पुजाको दिन आज विद्यार्थीहरूले बिहानैदेखि मन्दिर तथा पुजा स्थलहरूमा गएर खुबै भक्तिभावको साथमा पुजा पाठ गर्नको साथै तिनीहरूले आफूहरूलाई ज्ञान, विद्या, बुद्धि प्राप्त होस् भन्दै किताब, पेन्सिल चढाएर मातासित आशीर्वाद मागे।


यसैगरी, सरस्वती पुजाको अवसरमा कृष्णनगर स्वयम् सेवक समूह, मिरिकले नानीहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गर्यो। उक्त प्रतियोगितामा अंश ग्रहण गर्ने नानीहरूलाई आयोजक समितिको तर्फबाट पुरस्कृत गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *