मिरिकमा भारतीय नेपाली गोर्खा सार्की समाजको वार्षिक सभा

मिरिक : भारतीय नेपाली गोर्खा सार्की समाजको वार्षिक सभा आज यहाँको एउटा होटलमा सम्पन्न भयो। उक्त सभामा मिरिक महकुमाका सम्पूर्ण सदस्य लगायत पदाधिकारीहरू उपस्थित थिए। उक्त सभामा विशेष गरी समाजको साङ्गठनिक गतिविधिबारे चर्चा परिचर्चा गर्नको साथै समाजको मिरिक शाखा कार्यालयको पनि उद्घाटन गरियो। मिरिक शाखा, सार्की समाजका अध्यक्ष उमेस तोलाङ्गीले मिरिकमा सम्पूर्ण सार्की समुदायलाई समाजसँग जोड्ने अभियान थालिने अनि हक अधिकारको निम्ति अग्रसर बन्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *