मिरिकमा विद्यार्थीहरूका लागि जनचेतनामूलक कार्यक्रम

मिरिक (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अनि मिरिक मरमा प्रेमसुन्दर हायर सेकेन्डरी स्कूलको संयुक्त आयोजनामा आज शुक्रबार यहाँको कोठीधुरा सार्वजनिक भवनमा विद्यार्थीहरूलाई लिएर एउटा जन चेतनामूलक कार्यक्रम सम्पन्न गऱ्यो। विद्यालयका सह-शिक्षक विषम राईले सञ्चालन गरेको कार्यक्रमलाई थर्बु डुप्टिन समष्टिका सभासद तथा विद्यालय सञ्चालन समितिका अध्यक्ष मिलेश राईले अध्यक्षता गरेका थिए।


कार्यक्रममा मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमने लगायत पर्यावरणविद् तथा विद्यालयका संस्थापक सदस्य एलबी देवान, विद्यालयका शिक्षक प्रभारी राजेश्वर राई, पूर्व शिक्षक प्रभारी तिलक घिमिरे, मिरिक थानाका सीआई श्रीनेन्दु दास, मिरिक थानाका सह-प्रभारी सदन कुमार झा, सियोक गोपालधारा ओकाइटी समष्टिका सभासद धुर्व बोम्जन, मिरिक थानाका एएसआई स्मिता थापा, अधिवक्ता दिप्ती भण्डारी, सूचना तथा सांस्कृतिक विभाग मिरिक महकुमाका निर्देशक कैलाश राई, विद्यालयका शिक्षक शिक्षिकागण अनि सातौदेखि बाह्रौ श्रेणीसम्म अध्ययनरत् विद्यार्थी अनि अभिभावकहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *