मिरिकमा विद्यार्थीहरूलाई लगाइयो कोरोनाको खोप

मिरिक : मिरिक महकुमा क्षेत्रमा 15 देखि 18 वर्ष सम्मका विद्यार्थीहरूलाई कोरोनाको दोस्रो भ्याक्सिन लगाउने कार्य शुरू गरिएको छ।सोही अनुरुप आज मिरिकको फुवागढी उच्चत्तर माध्यमिक विद्यालय, बुङकुलुङ जुनियर हाइ स्कूल र मञ्जु जुनियर हाइ स्कुलका 15 देखि 18 वर्ष पुगेका विद्यार्थीहरूलाई भ्याक्सिन लगाइयो। आज यी तीनवटा विद्यालयका विद्यार्थीहरुलाई भ्याक्सिन लगाउनको लागि फुवागढी उच्च माध्यमिक विद्यालयमा शिविरको आयोजना गरिएको थियो। मिरिक प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मचारी, स्वास्थ्य कर्मी तथा विद्यालयका शिक्षक-शिक्षिकाहरूको विशेष उपस्थितिमा विद्यार्थीहरुलाई आज भ्याक्सिन लगाइयो भने अन्य सरकारी विद्यालयमा पनि यो अभियान सुरू गरिने बताइएको छ। आज कक्षा आठदेखि बाह्रौ कक्षासम्मका 250 भन्दा अधिक सङ्ख्यामा विद्यार्थीहरुलाई भ्याक्सिन लगाइएको जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *