मिरिकमा बिमल खेमाको चुनावी सभा सम्पन्न

मिरिक : गोजमुमो बिमल खेमा मिरिक महकुमा समितिले मिरिक महकुमा अन्तर्गत 108 वटा शाखा प्रशाखालाई लिएर आज चुनावी सभाको आयोजना गर्यो। महकुमा अध्यक्ष सुमन राईको अध्यक्षतामा सम्पन्न सभामा मुख्य वक्ता महासचिव रोशन गिरी, दिपेन माले, केन्द्रीय ट्रेड युनियन अध्यक्ष सुरज सुब्बा, केन्द्रीय उपाध्यक्ष आरपी वाइबा, मिरिकका केन्द्रीय सदस्य डा. काशीनाथ खनाल, केन्द्रीय सहसचिव विनोद खालिङ उपस्थित थिए।


वक्ताहरूले पहाडको तीनवटै आसनमा जीत हासिल गर्न कार्यकर्ताहरूलाई सक्रिय भूमिका निर्वाह गर्ने आह्वान गरे। पार्टीले आफ्नो उम्मेद्वारको घोषणा आगामी 23 मार्चको दिन पार्टी अध्यक्ष बिमल गुरूङले गर्ने छ भनी तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *