मिरिकमा बिमल खेमाको जनसभा सम्पन्न

मिरिक : मिरिक सार्वजनिक भवनमा गोजमुमो बिमल गुरुङपन्थी मिरिक महकुमा समितिद्वारा आज जनसभाको आयोजना गरियो। लगभग तीन वर्षपछि गोजमुमो बिमल गुरुङ पन्थीको सभामा केन्द्रिय समितिका उपाध्यक्ष विशाल छेत्री, केन्द्रिय सदस्य बिजय सुन्दास, नारी मोर्चा प्रमुख शान्ति राई, युवा एकाईका केन्द्रिय अध्यक्ष अमन राई, सचिव सञ्जिब लामापूर्व सभासद चम्फा राई आदिले सम्बोधन गरे।


गोर्खा जातिको  उन्मुक्तिको निम्ति पार्टी अध्यक्ष बिमल गुरुङ प्रतिबद्ध रहेको तथा आगामी दिनहरूमा उक्त पार्टीमा पहाड तराईका जनता जोडिने सभालाई सम्बोधन गर्दै वक्ताहरूले बताए। मिरिक महकुमा समिति अध्यक्ष सुमन राईको अध्यक्षतामा सम्पन्न सभालाई लारेन्जेन तामाङले सञ्चालन गरेका थिए भने सभामा मिरिक महकुमा समिति अन्तर्गत सम्पूर्ण शाखा-प्रशाखा, समिति लगायत दार्जिलिङ खरसाङ, कालेबुङबाट धेरै संख्यामा पार्टीका कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *