मिरिकमा विश्व पर्यावरण दिवसको अवसरमा साफ-सफाई अभियान

मिरिक : वार्ड नम्बर चार भानुटोल मिरिकको राइजिङ युथ अर्गनाइजेशनले शुक्रबार विश्व पर्यावरण दिवसको उपलक्ष्यमा साफ-सफाई अभियान चलायो। डनबसको हनुमान नगरदेखि कृष्ण नगर सीमासम्मको सडक मार्गलाई सफा गर्दै वातावरणमा शुद्धता ल्याउन अर्गनाइजेशनका जागरुक युवक युवतीहरूले क्षेत्रमा पर्यावरणमाथि चेतना अभिवृद्धि पनि गरे। अर्गनाइजेशनका अध्यक्ष सुयोग्य राईको नेतृत्वमा राइजिङ युथ अर्गनाइजेशनका युवक युवतीहरूले सडक मार्गमा फ्याँकिएको प्लास्टिक सङ्कलन गर्नको साथै झोडा-नालाबाट सङ्ग्रहित फोहोरहरूलाई व्यवस्थापन गर्ने कार्य गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *