मिरिकमा विश्व पर्यावरण दिवस पालन

मिरिक: मिरिक नगरपालिका प्रशासनले विश्व पर्यावरण दिवस आज भब्य रुपमा पालन गर्योस। वन संरक्षण अनि पर्यावरणलाई सन्तुलित बनाई राख्न रुखपातको महत्वलाई ध्यानमा राख्दै झील परिसरमा अवस्थित पम्प हाउस परिसरमा 12 सयभन्दा अधिक उन्नत प्रजातिका रुखका बिरुवा अनि फल-फुलका बिरुवाहरु रोपन गरियो। यस अवसरमा नगरपालिका अध्यक्ष एलबी राई, महकुमा अधिकारी अश्विनी कुमार रोय, नगरपालिकाका बढीआमा ममता सुब्बा, कार्यकर्ता बिकास सुब्बा, हिल टीएमसी मिडिया प्रभारी सन्दिप प्रधान, हिल टिएमसी मिरिक महकुमा समिति अध्यक्ष अनिल छेत्री, युवा एकाईका मिरिक महकुमा समिति अध्यक्ष सोभन घिसिङ लगायत वरिष्ठ समाजसेवी दधिराम घिमिरे अनि मिरिक प्रेस क्लबका पदाधिकारीहरू अनि नगरपालिकाका कर्मचारीहरुले सक्रिय भूमिका निर्वाह गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *