मिरिकमा क्याक्टस फुल्न थालेपछि मानिसहरू आकर्षित

मिरिक: क्याक्टस भन्न साथै कालेबुङलाई बुझिन्छ। क्याक्टसको पर्यायको रूपमा कालेबुङलाई चिनिन्छ तर अहिले क्याक्टस मिरिकमा पनि फैलिन थालेको छ । सिम्बिडियम अर्किडको पर्यायको रूपमा चिनिने मिरिकमा क्याक्टस पनि फैलिन थालेको छ। मार्च, अप्रेल फूलको महिना मानिन्छ।  रङ्गी-चङ्गी फूल हेर्न मार्च अप्रेल महिना पर्खनु पर्ने हुन्छ । अहिले मार्च महिना जारी छ। मौसमी फूल लगायत सिम्विडियम सुनाखरी, प्राकृतिक सुनाखरी ढकमक्क फुलिरहेका छन्। जसलाई चुनौती दिँदै क्याक्टस पनि फूल्न थालेका छन्।


व्यवसायिक रूपले नभए पनि मानिसहरूले रुचिको रूपमा क्याक्टस घरमा रोप्न थालेकोले क्याकटस निकै लोकप्रिय बन्न थालेको छ। अझ क्याक्टसले फूल फुल्न थालेकोले अझ मानिसहरूमा क्याक्टसप्रति आकर्षण बढ्न थालेको छ । निकट भविष्यमा मिरिक पनि कालेबुङको हारा-हारीमा आउन सक्ने सम्भावना बढेर गएको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *