मिरिकमा चिया श्रमिक सुरक्षा समिति गठन

मिरिक (निसं): मिरिक क्षेत्रको चारवटा चियाकमान थर्बु, ओकाइटी, गोपालधारा र सियोक चिया बगानका श्रमिकहरुलाई लिएर रोमन राईको अध्यक्षतामा आज एउटा सभा आयोजना गरियो। चारैवटा कमानबाट व्यापक रुपमा श्रमिकहरुको उपस्थित रहेको सभामा सबैको सर-सल्लाह अनि विचार बिमर्श पछि चारवटा चियाकमानलाई लिएर चिया श्रमिक सुरक्षा समिति गठन गरियो। उक्त समितिमा अध्यक्ष रमन राई, उपाध्यक्ष अरुणा तामाङ ,सचिव प्रेमकुमार बराइली, सहसचिव बबिता छेत्री ,कोषाध्यक्ष मन बहादुर खड्का, बिनिता खड्का ,प्रचार-प्रसार सचिवहरू राजीव राई,कुशल खनाल अदिप राईलाई चयन गरिएको छ। सभामा नव निर्वचित अध्यक्ष रोमन राईले समिति गठन गर्नुको औचित्यबारे प्रकाश पर्दै यो समिति गठन गर्नेको मुल उद्देश्य पिडित अनि शोषित चिया श्रमिकहरुको हक अनि अधिकारको लागि कानूनी लडाइँ लडिदिनु अनि श्रमिकहरुलाई सचेत बनाएर आफ्नो हक र अधिकारको निम्ति कसैसित भर नपरेर आफै आफ्नो अधिकारको निम्ति जागरुक गराउनु रहेको बताए। तिनले सम्पूर्ण श्रमिकलाई निडर भएर अघि आउने अनि संगठनलाई दह्रिलो बनाएर आफ्नो भविष्य सुरक्षित पार्ने आह्वान गर्नको साथै सबै चिया कमानको मालिक र ट्रेड युनियनलाई यसपाली श्रमिकहरुले पाउन पर्ने बोनस एकै पल्टमा दिनु पर्ने तिनले अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *