मिरिकमा करोना संक्रमित भएर मर्नेहरूको संख्या पुग्यो चार

मिरिक: मिरिकमा करोना संक्रमित भएर मर्नेहरूको संख्या अब चार पुगेको छ। करोना संक्रमित भएर निधन भएको एकजना व्यक्तिको आज अन्तिम संस्कार मिरिक नगरपालिकाको देखरेखमा नगरपालिका अध्यक्ष एलबी राई अनि महकुमा कार्यालयका डीएमडीसी मृदुल श्रीमणीको उपस्थितिमा धर्मिक रीति-रिवाज गरियो। मिरिकमा करोनाको कारण मृत्यु हुनेहरूको संख्या चार पुगेपछि मिरिक नगरपालिका अध्यक्ष एलबी राईले चिन्ता व्यक्त गर्दै मिरिकवासीलाई सतर्क भइदिने आग्रह गरेका छन्। तिनले कोरोना रोकथामको लागि सरकारद्वारा जारी निर्देशलाई सबैले अनिवार्य रूपमा पालन गरिदिने आग्रह गर्दै सबैलाई आतङ्कित नभइदिने तर यो रोगको उपचार नै उच्च मनोबल रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *