मिरिकमा ‘कोभिड 19 सङ्घर्ष विशेषाङ्क’-को लोकार्पण

मिरिक : साहित्य सुनौं परिवार मिरिकको तेस्रो पुस्तक कोभिड 19 सङ्घर्ष विशेषाङ्क-को आज विधिवत् रूपमा लोकार्पण गरियो। यस अवसरमा प्रसिद्ध कवि एवम् गीतकार मदन ओझालाई साहित्य सुनौं परिवारले सम्वर्द्धना जनाइयो भने साहित्य सुनौँ परिवारका 11 जना संस्थापक सदस्यहरूलाई पनि कार्यक्रममा सम्मान जनाइयो। साहित्य सुनौं परिवारका अध्यक्ष श्रीमती कमला राईको अध्यक्षता अनि साहित्य समालोचक अर्जुन प्रधानको मुख्य आतिथ्यमा सम्पन्न लोकार्पण कार्यक्रम दीप प्रज्ज्वलन गरेर प्रारम्भ गरियो। वरिष्ठ साहित्यकार कालुसिंह रणपहेंली, ज्ञाल्पो लामा, कृष्ण प्रधान, सुकराज दियाली, डा. साङ्मु लेप्चा, डा. राजकुमार छेत्री लगायत अन्य साहित्यकारहरूको उपस्थितिमा उक्त पुस्तकको लोकार्पण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *