मिरिकमा कोभिड कन्ट्रोल रूम तयार, 24 घण्टै खुल्ला रहने

मिरिक: मिरिक महकुमा कार्यालय भवनमा कोभिड कन्ट्रोल रूम तयार गरिएको छ। कोभिड कन्ट्रोल रूमको सम्पर्क नम्बर 93396-90913 रहेको छ। मिरिक महकुमा डीएमडीसी मृदुल श्रीमनीले दिएको जानकारी अनुसार कन्ट्रोल रूम चौबिसै घण्टा खुल्ला रहने छ । यसको साथै पश्चिम बङ्गाल राज्यको एडिसनल चिफ सेक्रेटेरी, डिपार्टमेन्ट अफ् होम एफियर्सद्वारा गत 24 अप्रेल 2021 मा जारी अर्डर मेमो नम्बर 172/HS/PS/2021 अनुसार सव डिभिजनल कोभिड कन्ट्रोल रूम आरम्भ गरिएको हो। तिनले बताए अनुसार चौबिसै घण्टा सूचना सङ्कलन, गुनासो सङ्ग्रह, अस्पताल भर्ना सम्बन्धि सूचना, शवहरूको दाह संस्कार व्यवस्थापन, एम्बुलेन्सहरूको प्रबन्धन, टेस्टिङ, भ्याकसिनेशन अनि कोभिड 19 सम्बन्धित अन्य कार्यहरू कन्ट्रोल रूमबाट निष्पादन हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *