मिरिकमा ड्रग्स विरुद्ध एलबी राईले पहल शुरू गर्ने

मिरिक: मिरिकमा बढ्दो ड्रग्सको प्रभावलाई रोक्न अब मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पहल गर्ने भएका छन्। आज तिनले पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी गराउँदै गत केही दिन अघि एकजना युवालाई ड्रग्स सेवनको आरोपमा मिरिक पुलिसले पक्रेर लगेको केही दिनपछि तिनले आफ्नो व्याक्तिगत फेसबुकमा एउटा भिडियो जारी गर्दै यस विषयमा विविध जानकारी गराएको विषय भाइरल भएपछि राईले उक्त विषयलाई गम्भीरतापूर्वक लिएको बताएका छन्।  यसैले अब चाँडै यस विषयमा मिरिक एसडीओ, एसडीपीओ, थाना प्रभारीसँग विचार-विमर्श गरेपछि मिरिकमा ड्रग्सको सेवन गर्ने तथा यसको व्यवसाय गर्नेहरूलाई छानबिन गरेर उचित कार्वाही गर्ने तिनले पत्रकारहरूलाई बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *