मिरिकमा द्वारे रासन व्यवस्था शुरू हुनेछ : एलबी राई

मिरिक: मिरिक महकुमा क्षेत्रमा द्वारे रासन व्यवस्था शुरू हुने भएको छ। द्वारे रासन अभियान अन्तर्गत अब मिरिक नगरपालिका मानिसहरुको घरसम्म रासन पुराउने तर्खरमा रहेको छ। मिरिक नगरपालिका अध्यक्ष एवम् दार्जिलिङ कालेबुङ तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राईले यसबारे आज जानकारी दिएका छन्। तिनले बताए अनुसार तृणमूल कङ्ग्रेसले गत राज्य विधानसभा चुनाउ अवधि चुनाउ घोषणा पत्रमा जनताको घर-घरमा रासन पुऱ्याउने वचन दिएको थियो भने अब सोही बचनलाई पूरा गर्दै राज्य सरकारले प्रत्येकको घर-घरमा रासन पुऱ्याउने अभियान शुरू गरेको हो। तिनले हाल मिरिकका कतिपय ठाँउहरूमा गाडी जान नसक्ने हुनाले नजिकको कुनै भवनमा रासन वितरण गर्ने चाँजो मिलाइएको छ भन्दै मिरिक नगरपालिकाको वार्ड नम्बर 8 र 9 मा यो कार्य सर्वप्रथम गरिने तिनले बताए। तिनले आम जनताको सुविधाको लागि सरकारले उक्त अभियान शुरू गरेको जानकारी गराउँदै उपभोक्ताहरूको घरसम्म रासन पुऱ्याउने सम्पूर्ण दायित्व एमआर डिलरको रहने, जसको लागि सरकारले नै गाडीको पनि प्रबन्ध गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *