मिरिकमा द्वारे सरकार शिविर 17 अगस्तदेखि शुरू

मिरिक: मिरिक नगरपालिका क्षेत्रमा राज्य सत्तामा पुनः फर्कि आएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरेकी द्वारे सरकार शिविर आउँदो 17 अगस्तदेखि शुरू हुने भएको छ। मिरिक नगर प्रशासनले शिविरको तालिका सूचना बोर्डमा टाँसेर सार्वजनिक गरेको छ । सूचनामा उल्लेख गरे वमोजिम 18 अगस्त, 27 अगस्त र 10 सेप्टेम्बर मिरिक उच्चतर माद्यमिक विद्यालयमा यहाँको 6, 7 र 8 वार्ड नम्बरका मानिसहरूले लाभ उठाउन सक्नेछन् । यसरी नै 20 अगस्त , 28 अगस्त र 11 सेप्टेम्बर मिरिक नगरपालिका परिसरमा 1, 2 र 9 नम्बर वार्डका मानिसहरूको लागि शिविर राखिएको छ। यसवाहेक, वार्ड नम्बर 3, 4 र 5 का मानिसहरूको लागि मिरिक उच्चतर माध्यमिक विद्यालयको परिसरमा नै आगामी 17 अगस्त , 26 अगस्त र 9 सेप्टेम्बर शिविरको आयोजना गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *