मिरिकमा गीति सङ्गालो “समेन्दु”-को लोकार्पण

मिरिक : मिरिकका युवा गीतकार विनय राईको गीति सङ्गालो “समेन्दु”-को आज मिरिक युवा आवासको प्रेक्षगृहमा एउटा कार्यक्रमबीच लोकार्पण गरियो। हाम्रो डुपटिन पत्रिका परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा चिराग वाङ्गदेल मुख्य अतिथिको रूपमा उपस्थित थिए भने विशिष्ट अतिथिमा साहित्यकार राजबहादुर राई, मिरिकका वरिष्ठ सङ्गीतकार डुपछेन लामा, सुजाता सुब्बा, गणेश बराईली, मिलन चोम्बाङ्ग, पारस घिमिरे आदि उपस्थित थिए। वरिष्ठ साहित्यकार अमर दुङ्गमालीको अध्यक्षतामा सम्पन्न लोकार्पण कार्यक्रममा उपस्थित मुख्य अतिथि, विशिष्ट अतिथिहरूको बाहुलीबाट गीति सङ्गालोको लोकार्पण गरियो भने समारोहमा गीति एलबमका गायक गायिकाहरूलाई पनि सम्मान जनाइयो। विभिन्न रङ्गारङ्ग कार्यक्रममाझ सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै गीतकार विनय राईले उक्त एलबम मिरिकका कलाकारहरूप्रति समर्पित रहेको बताए। क्रिस्टल अडियो रेकर्डिङ सेन्टर मिरिकको प्रस्तुतिमा निर्मित उक्त एल्बममा नवोदित गायिका-सुनिती रुचाल, रन्जिता सुनार, प्रणु राई, शुभेच्छा बराईली, श्रद्धा तामाङ, कृतिशा राई, गायक उज्ज्वल थापा, बिनोद लाबर, निगम गजमेरले मिठो स्वर दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes