मिरिकमा गोजमुमो बिमल खेमाको सभा सम्पन्न

मिरिक :  गोजमुमो बिमल खेमाको सभा गोजमुमो मिरिक महकुमा अध्यक्ष सुमन राईको प्रमुख उपस्थितिमा सम्पन्न भयो। सभामा शाखा समिति तथा तदर्थ समितिका सदस्यहरूको उपस्थितिमा व्यापक छलफल गरेपछि पूर्णाङ्ग समिति गठन गरियो। उक्त समितिमा अध्यक्ष रूपेश सुब्बा, उपाध्यक्ष रमेश छेत्री र हरिभक्त राई, सचिव राजेश तामाङ, सहसचिव धीरेन्द्र सुब्बा, मदन प्रधान, कोषाध्यक्ष एनबी प्रधान र अजीत प्रधानलाई चयन गरियो। यसैगरी, समितिको कार्यकारी सदस्यहरू एमके सुब्बा, तिलक सुब्बा, मणिराज सुब्बा, अम्बर राई, राजेन गुरूङ, मोहन प्रधान, कमल छेत्री, सल्लाहकार सौगत गुरुङ र विधान राई, प्रचार सचिव विशाल गुरूङलाई चयन गरियो। सभामा विधान राईलाई समष्टि प्रतिनिधिका रूपमा चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *