मिरिकमा गोजमुमो बिमल खेमा वार्ड नम्बर 4 शाखा गठन

मिरिक : गोर्खा जनमुक्ति नारी मोर्चा बिमल गुरूङ खेमा वार्ड नम्बर 4 शाखा गठन भयो। नारी मोर्चा नेत्री एवम् पूर्व मिरिक नगरपालिका चेयरम्यान श्रीमती माला सुब्बाको वासगृहमा केन्द्रीय नारी मोर्चाको निर्देश अनुसार मिरिक गोजनामो वार्ड नम्बर 4 शाखा गठन गरियो। नारी मोर्चा शाखा कमिटी गठन सभाको सञ्चालन चम्फा छेत्रीले गरेकी थिइन्। उक्त सभामा नारी मोर्चा केन्द्रीय सदस्य ललिता छेत्री, कोर कमिटी सदस्य श्रीमती माला सुब्बा, मिरिक नारी मोर्चा बबिता प्रधानको विशेष उपस्थिति रहेको थियो। सभाले नारी मोर्चा शाखा अध्यक्ष चम्फा छेत्री, उपसभापति मन्दिरा तामङ, सचिव मनिषा राई, सह सचिव सरिता छेत्री, कोषाध्यक्ष लक्ष्मी प्रधानलाई चयन गरियो। यसैगरी, देवी गुरुङ, गीता गुरुङ, सीमा छेत्री, अरुणा छेत्री, सकुन सुब्बा, नैना शर्मा, सङ्गीता छेत्री, सूचना प्रधान, लिला गिरी, सङ्गीता छेत्री, यसमा सुब्बा, गीता गौतम, पद्मा छेत्री आदिलाई कार्यकारी सदस्यको रूपमा चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *