मिरिकमा गोजमुमो बिमल खेमा 23 नम्बर समष्टिको सभा

मिरिक : गोजमुमो बिमल खेमा 23 नम्बर समष्टिको एउटा सभा आज सम्पन्न भयो। हेम कुमार तामाङको अध्यक्षतामा सम्पन्न सभामा वर्तमान राजनैतिक माहौल अनि अध्यक्ष बिमल गुरुङको आगमनलाई लिएर चर्चा परिचर्चा गरियो भने सङ्गठन विस्तारमाथि पनि छलफल गरियो। सभामा गाउँ-गाउँमा शाखा विस्तारमाथि गम्भीर बन्नुपर्नेबारे सुझाउ राखियो। उक्त सभामा मिरिक महकुमा अध्यक्ष सुमन राई पनि उपस्थित थिए। तिनले दिएको जानकारी अनुसार सभाले 23 नम्बर समष्टिको लागि फुर्बा तामाङलाई लोलछेन तामाङको प्रस्तावमा सर्वसम्मतिद्वारा कन्भेनर नियुक्त गरियो। सभाले सङ्गठन विस्तारमाथि छलफल गर्दै एउटा जनसभा आयोजना गरिने निधो गरेको छ। संयोजक राईले थप जानकारी दिँदै महकुमा अध्यक्ष सुमन राईले अध्यक्ष बिमल गुरुङले लिएको निर्णय पहाड, तराई-डुवर्सको निम्ति सकारात्मक निर्णय रहेको बताए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *