मिरिकमा गोजमुमो-को वार्ड पसौँ अभियान जारी

मिरिक : गोर्खा जनमुक्ति मोर्चा मिरिकले आज वार्ड पसौँ अभियानको तेस्रो दिन वार्ड नम्बर 3 मा वार्डवासीहरूलाई लिएर एउटा सभा आयोजना गरेको सियोक गोपालधारा ओकाइटी समष्टि अध्यक्ष राजीव राईले बताए। उक्त सभामा केन्द्रिय सहसचिव बिनोद खालिङ, श्रीमती लालिता छेत्री, माला सुब्बा लगायत महकुमाका प्रतिनिधिहरु उपस्थित थिए। उक्त सभामा केन्द्रीय सदस्य रूपेश राईले नगरपालिका चुनाउ अनि पार्टीको साङ्गठनिक गतिविधिबारे प्रकाश परे। सभालाई संयोजक अर्जुन राईले पनि सम्बोधन गर्दै पार्टीको साङ्गठनिक गतिविधिबारे प्रकाश परे। छेवाङ तामाङले सञ्चालन गरेको सभामा डुवर्स मानाबारीका नाबालिका गिन्नी विश्वकर्माको बलात्कार र हत्याको विरोध गर्दै दोषीहरुलाई छिट्टो पक्राउ गरेर कठोर सजाय दिने वक्ताहरूले माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *