मिरिकमा गोरामुमो-द्वारा शहीद दिवस पालन

मिरिक: गोरामुमो मिरिक ब्राञ्चले पनि आज शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्यो। ब्राञ्च अध्यक्ष महेन्द्र खड्काको उपस्थितिमा कृष्ण नगर शहीदवेदी अनि ब्राञ्च कार्यालयमा गोर्खाल्याण्ड आन्दोलनमा शहीद हुनेहरूलाई श्रद्धाञ्जली अर्पण गरियो । लक डाउनलाई ध्यानमा राख्दै साधारण प्रकारले शहिद दिवस पालन गरिएको ब्राञ्च अध्यक्ष महेन्द्र खड्काले बताए। यसैगरी, साँझ सात बजे प्रत्येकको घर-घरमा दियो बालेर श्रद्धाञ्जली अर्पण गरिने पनि तिनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *