मिरिकमा गोरामुमो-द्वारा नागरिकता दिवस पालन

मिरिक (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्राञ्च कमिटीले आज मंगलबार मिरिक ब्राञ्च कार्यालयमा सम्पूर्ण गोर्खा नागरिकता दिवस पालन गऱ्यो। मिरिक ब्राञ्च अध्यक्ष महेन्द्र खड्काको अध्यक्षतामा अनि ब्राञ्च सचिव राजकुमार रिजालको सञ्चालनमा पालन गरिएको नागरिकता दिवस कार्यक्रममा गोरामुमो केन्द्रीय महासचिव ऋषि थापा,केन्द्रीय सदस्य बिरेन छेत्री, जेबी लिम्बू, अमिताभ गुरूजी, सौरेनी समष्टि अध्यक्ष कर्ण प्रधान,जीएनडब्ल्युओ-का अर्पणा भारती,दिल्ली शाखाका अध्यक्ष रूद्र गुरूङ लगायत युवा संगठन अनि पार्टीका समर्थकहरू उपस्थित थिए। यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै गोरामुमो केन्द्रीय महासचिव ऋषि थापाले भने, दागोपाप समझौता हुन अघि नेपाली भाषीहरूलाई नेपालबाट आएको भनेर शंकाको दृष्टिले हेरिन्यो ा। संविधानमा भारतीय गोर्खाहरूको जातीय चिन्हारी थियो तर जब दागोपाप-को समझौता भयो तब गोर्खा भाषा संविधानको व्यवस्थामा उल्लेखित भयो। यसैले यो एउटा ठूलो उपलब्धि रहेको कारण नै गोरामुमोले प्रत्येक वर्ष 23 अगस्तको दिनमा नागरिकता दिवस पालन गर्ने गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *