मिरिकमा गोरामुमो मिरिक समष्टिको सभा

मिरिक : गोरामुमो मिरिक समष्टिले आज समष्टि कार्यालयमा गोरायुमो मरिक समष्टि गठनार्थ एउटा सभाको आयोजना गर्यो। गोरायुमो मिरिक ब्राञ्च अध्यक्ष सुनिल सुब्बाको अध्यक्षतामा सम्पन्न उक्त सभामा मुख्य अथितिको रूपमा केन्द्रीय सदस्य ऋषि थापा र सचित गहतराज उपस्थित थिए। किशोर गहतराज, केबी घिसिङ, एमके पाख्रीन, डीबी घिसिङ, युनियन नेता जनक खड्का लगायत समष्टि नेतृत्वहरूको उपस्थितिमा सम्पन्न सभामा गोरायुमोलाई सक्रिय बनाउने विषयमाथि चर्चा-परिचर्चा गरियो। उक्त सभामा प्रभाकर गुरुङलाई संयोजक नियुक्त गरिएको गोरायुमो मिरिक अध्यक्ष सुनिल सुब्बाले बताए। अब मिरिकमा युवा मोर्चालाई सक्रिय बनाउन संयोजकको माध्यमद्वारा विविध कार्यहरू सुचारु गरिने बताइएको छ। सभामा मुख्य अथिति ऋषि थापाले गोरामुमोको राजनैतिक सक्रियता अनि राजनैतिक टेकमाथि विस्तृत जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *