मिरिकमा गोर्खा जनमुक्ति मोर्चाको 15औँ स्थापना दिवस पालन

मिरिक: गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिले आज मिरिक ब्यावसाय सङ्गठन भवनमा पार्टीको 15 औँ स्थापना दिवस पालन गऱ्यो। मोर्चा केन्द्रीय समितिका सदस्य डङ्कन गुरूङको अध्यक्षतामा सम्पन्न गरिएको स्थापना दिवस कार्यक्रमको आरम्भमा पण्डित, पास्टर, लामा आदिबाट सर्वधर्म प्रार्थना गरेपछि कार्यक्रमका अध्यक्ष डङ्कन गुरूङ,गोजमुमो मिरिक थर्बु डुप्टिन समष्टि अध्यक्ष मुकुल घिमिरे अनि भूतपूर्व सैनिक सङ्गठनका सुनिल तामाङले विधिवत रूपमा पार्टीको झण्डा उत्तोलन गरे। यस अवसरमा गोजमुमो महकुमा समिति सदस्यहरू अर्जुन राई , हेमकुमार तामाङ, मिरिक टाउन कमिटी अध्यक्ष उज्जवल सुब्बा, जनमुक्ति कन्टेजेन्सी वर्कर्स युनियनका उपाध्यक्ष छेवाङ तामाङ, बिद्यार्थी मोर्चा मिरिक महकुमा अध्यक्ष संगम प्रधान, सचिव प्रणित सुब्बा, नारी मोर्चा केन्द्रीय सदस्य माला सुब्बा, बबिता प्रधान आदि उपस्थित थिए। मोर्चा मिरिक महकुमा सहसचिव छेवाङ तामाङले पार्टी अध्यक्ष बिमल गुरूङको निर्देशलाई पालन गर्दै पार्टीको 15 औ स्थापना दिवस आज समष्टि स्तरमा पालन गरिएको कार्यक्रममा जानकारी दिए। गोजमुमो पार्टीको स्थापना गोर्खा जातिको उत्थानको लागि भएको हो भन्दै गोजमुमो अनि पार्टी अध्यक्ष बिमल गुरूङको नेतृत्वमा नै गोर्खाहरूको सपना पूरा हुनेछ भनी तिनले बताए। कार्यक्रममा सम्बोधन गर्दै गोजमुमो मिरिक थर्बु डुप्टिन समष्टि अध्यक्ष मुकुल घिमिरेले हामी घरको न घाटको जस्तो भएका छौ,यस्तोमा गोर्खा जनमुक्ति मोर्चाले नै जातिलाई अब पार लगाउँने बताए। मोर्चाले अब भाषण होइन, कर्म गर्नेछ अनि अब हामी एक सिङ्गो गोर्खा जाति भएर अघि बढ्न आवश्यक रहेको बताए। तिनले जातीय एकतामाथि जोड दिँदै गोजमुमोले युवाहरूलाई अब झण्डा बोकाउँने माध्यम होइन तर तिनीहरूलाई उचित मार्गनिर्देशन गरेर युवाहरूको समस्या समाधानको लागि कार्य गर्ने बताए। स्थापना दिवस कार्यक्रममा गीत, नृत्य अनि कविताहरू पनि प्रस्तुत गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes