मिरिकमा गुरूङ समुदायद्वारा तमु ल्होसार पालन

मिरिक: मिरिकमा गुरूङ समुदायले गुरुङ तमु ल्होसार बौद्ध धर्मगुरूहरुले पूजा अर्चनाको साथमा ल्होसार पालन गरे । तमु ल्होसार पर्व आयोजक समिति मिरिकले पश्चिम बङ्गाल गुरूङ विकास एवं सांस्कृतिक बोर्डको सहयोगमा आयोजन गर्यो। हिजोदेखि थर्बु प्राथमिक पाठशाला युनिट एक-को खेल मैदानमा पूजा अर्चना गरेर शुरु गरिएको थियो भने आज धर्मगुरूहरुले गरेको पूजा अर्चनाको साथमा हर्षोल्लासको साथमा ल्होसर पर्वको समापन गरियो । बोर्ड चेयरम्यान खगेन्द्र गुरुङको मुख्य आथित्यमा सम्पन्न समापन कार्यक्रमको सञ्चालन ज्ञानेन्द्र गुरुङले गरेका थिए।


बोर्ड सदस्य मनोज गुरूङले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरे भने कार्यक्रममा वृद्ध-वृद्धाहरुलाई पनि सम्मान जनाइयो। यस अवसरमा तमु गुम्बाको निमार्णहेतु भूमि पूजन पनि गरियो । कार्यक्रममा चेयरम्यान खगेन्द्र गुरुङले तमु ल्होसारमाथि प्रकास पार्दै गुरुङ समुदायको विकास हेतु राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट गरे। तिनले मिरिकमा गुरुङ कल्चरल सेन्टरको पनि चाँडै निर्माण कार्य थालिने बताउँदै भूमि पूजाबाट नै शुरु भएको बताए । तिनले गुम्बा एवं सेन्टर निर्माण समितिको कार्यकारी समितिको घोषणा पनि गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *