मिरिक महकुमा अधिकारीद्वारा एमआर शपहरूको स्थलगत निरीक्षण

मिरिक: मिरिक महकुमा अधिकारी सुदिप्त देवनाथले आज मिरिकको विभिन्न एमआर शपहरूको स्थलगत निरीक्षण गरे। यस अवसरमा तिनले एमआर डिलरहरूले ठीकसित राशन वितरण गरेका छ-छैन भन्नेबारे प्रत्येक एमआर शपमा पुगेर जानकारी लिए । यसको साथै राशन उपलब्ध छ-छैन, राशनको मुल्य अनि सटीक समयमा राशन वितरण गरेको छ-छैन, कोरोना प्रोटोकल पालन आदि बारे निरीक्षण गरे। सरकारले उपलब्ध गराएको राशनलाई उपभोक्ताहरूलाई ठीकसितले नदिए कार्वाही गरिने छ भनी तिनले सबै एमआर डिलरहरूलाई सतर्क पनि गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *