मिरिक महकुमामा पनि आजदेखि खोलियो स्कुल-कलेजहरू

मिरिक : कोरोना संक्रमणले गर्दा लगभग 20 महिनासम्म बन्द रहेको मिरिक महकुमाका सबै स्कुल तथा कलेजहरू आजदेखि पूर्व घोषित निर्देशअनुसार खोलियो। पश्चिम बङ्गालका मुख्यमन्त्रीले गत केही दिन अघि उत्तर बङ्गालको भ्रमण अवधि कोभिडको नियमहरूलाई पालन गरेर स्कुल तथा कलेजहरू खोल्ने निर्देश जारी गरेकी थिइन्। सोही अनुसार आजदेखि मिरिकको सबै सरकारी तथा गैर सरकारी स्कुलहरू खोलियो भने हाल नवौँ श्रेणीदेखि माथिका कक्षाहरू आजदेखि शुरू गरियो। यसको साथै मिरिक कलेजमा पनि आजदेखि अफलाइन क्लास शुरू गरियो। लामो समयपछि स्कुल अनि कलेज खोलिँदा विद्यार्थीहरू लगायत शिक्षक-शिक्षिकाहरूमा पनि विशेष उत्साह देखियो भने अभिभावकहरूले पनि राहतको श्वास फेरे। प्राप्त जानकारी अनुसार मिरिकका सबै स्कुल अनि कलेजहरूमा कोभिडको नियमहरू पालन गरेर कक्षा सञ्चालन शुरू गर्यो भने श्रेणी कक्षामा पस्न अघि विद्यार्थीहरूको तापक्रम नाप्ने कार्य लगायत मास्क तथा सेनिटाइजरको प्रयोगबारे छानबीन गरियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *