मिरिक महकुमा समितिद्वारा अरूण घिसिङलाई पार्टीबाट निष्कासित

मिरिक : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा मिरिक महकुमा समितिले आज एउटा आपतकालीन सभा गरेर पूर्व सभासद अरूण घिसिङ लगायत तिनका  समर्थकहरूलाई पार्टीबाट निष्कासित गरेको घोषणा गरेको छ। पूर्व सभासद अरूण घिसिङले केही महिनाअघि गोजमुमो बिमल खेमाबाट राजीनामा दिएपछि हिज मात्र पार्टी अध्यक्ष बिमल गुरूङले तिनलाई पार्टीमा पुनः सामेल  गराएर मिरिक महकुमा समितिको कार्यकारी अध्यक्ष पद प्रदान गरेका थिए। पद प्रदान गरेको 24 घण्टा राम्ररी नबित्दै एउटा प्रेस विज्ञप्ति जारी गरेर तिनलाई प्रदान गरेको पद फिर्ता लिएको बताइएको छ। गोजमुमो बिमल खेमा मिरिक महकुमा समितिका अध्यक्ष सुमन राईले बताएअनुसार अरूण घिसिङ आज पार्टी कार्यालयमा आएर पार्टीको अनुशासनलाई भङ्ग गर्दै अभद्र व्यवहार गरेको कारण तिनी लगायत तिनका समर्थकहरूलाई पार्टीको साधरण सदस्य पदबाट निष्कासित गरिएको हो। उक्त सभामा गोजमुमो मिरिक महकुमा समिति अध्यक्ष सुमन राई, मूल सचिव सुजित तामाङ, सह सचिवहरू छेवाङ तामाङ, रञ्जन तामाङ, कोषाध्यक्ष सुपचन गुरूङ, युवा नेता मुकुल घिमिरे, सुजन प्रधान, नारी मोर्चा नेत्री माला सुब्बा, नारी मोर्चा केन्द्रीय सह सचिव ललिता छेत्री, बबीता प्रधान, युवा मोर्चा महकुमा अध्यक्ष विक्रान्त राई, केन्द्रीय सदस्य अर्जुन राई आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *